नेप्सेमा परिसूचकमा नयाँ रेकर्ड, १४३ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । मंगलबार नेप्से परिसूचकमा नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक २६ अंकले बढेर ३१११ अंकमा पुगेको छ । यो दिन २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन १४३ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन २ वटा कम्पनी पाँचथर पावर कम्पनी र रुरु जलविद्युत् कम्पनीको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने जीवन विकास लघुवित्त, घलेम्दी हाइड्रोपावर, युनियन लाइफ इन्स्योरेन्स र लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्यमा करिब १० प्रतिशतले बढेको छ ।

यो दिन विकास बैंक र म्यूचुअल फण्डको उपसमूह बाहेक सबैमा वृद्धि देखिएको छ ।


क्लिकमान्डु