बुध्द एयरले भैरहवा-भरतपुरमा अगस्ट १५ देखि सातामा ३ उडान गर्ने



काठमाडौं । बुध्द एयरले भैरहवा-भरतपुर रुटमा उडान शुरु गर्ने भएको छ । यसअघि पोखरा–नेपालगञ्ज रुटमा उडान शुरु गरेको बुध्द एयरले अब भैरहवा र भरतपुर रुटमा पनि उडान शुरु गर्न लागेको हो ।

कम्पनीका अनुसार साताको ३ दिन आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ । भरतपुरबाट भैरहवा दिउँसो १२ः५५ बजे र भैरहवाबाट भरतपुर १३ः२५ बजेट उडान हुनेछ ।

यसअघि बुध्द एयरले पोखरा र नेपालगञ्जको रुटमा पनि सातामा ३ वटा उडान शुरु गरेको थियो । हाल बुध्द एयरले आइतबार, बुधबार र शुक्रबार उडान गर्दै आएको छ । पोखराबाट ९ः१० बजे र नेपालगञ्जबाट १० बजे उडान गर्दै आएको छ । बुध्द एयरले उक्त रुटका लागि ४ हजार ९३५ रुपैयाँ भाडा तोकेको छ ।


क्लिकमान्डु