आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने



काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । दाङमा रजिष्ट्रार कार्यालय रहेको कम्पनीले १ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

यसका लागि मंगलबार सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त गरिएको छ ।

उक्त कार्यका लागि कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठका बीच द्विपक्षीय सम्झौता पत्र हस्ताक्षर समेत भएको छ ।


क्लिकमान्डु