जुन महिनामा ३ हजार विदेशी नेपाल आए, ३१ सयले नेपाल छाडे



काठमाडौं । कोरोना भाइरसको महामारीका बीच जुन महिनामा २ हजार ९९१ जना विदेशी पर्यटक नेपाल आएका छन् । सोही अवधिमा ३ हजार १५७ जना विदेशी नागरिक नेपालबाट बाहिरिएका छन् ।

अध्यागमन विभागका अनुसार यसबीचमा २५ हजार २०५ जना नेपालीहरु नेपाल आएका छन् भने २१ हजार ८७७ जनाले नेपाल छाडेका छन् ।

कोरोना महामारीका कारण मुलुकमा जारी लकडाउनका कारण विदेशीहरु नेपाल आउने र बाहिरिने संख्यामा उल्लेख्य कमी आएको हो । त्यसैगरी अन्तर्राष्ट्रिय उडानको संख्या कटौतीका कारण नेपालीहरुको आवगमनमा पनि कमी आएको विभागको भनाइ छ ।


क्लिकमान्डु