प्राइम बैंकले खुलायो विभिन्न पदमा जागिर



काठमाडौं । प्राइम कमर्सियल बैंकले विभिन्न तहमा कर्मचारी माग गरेको छ । बैंकले अफिसर, शाखा प्रबन्धक, रिलेशन म्यानेजर÷अफिसर, गोल्ड लोन सुपरभाइजर÷असिस्टेन्ट, डिजिटल बैंकिङ र ट्रेनी असिस्टेन्टको माग गरेको हो ।

बैंकले उक्त विभिन्न तहको लागि कम्तिमा ३ वर्षदेखि ५ वर्षसम्मको बैंकिङ अनुभव हुनुपर्ने जनाएको छ । त्यस्तै ट्रेनी असिस्टेन्टको लागि भने स्नातक तह पास हुनुपर्ने उल्लेख गरेको छ ।

त्यसैगरी अनुभव र इच्छुक आवेदकहरूले आगामी साउन २८ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु