सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा बर्दियाको जोगीगाउँमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको बारबर्दिया नगरपालिका, जोगीगाउँ बजारमा शाखारहित बैंकिङ सेवा बिस्तार गरेको छ । बैंकले साउन १५ गतेदेखि १११औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो ।

सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर थारुलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८९ वटा शाखा, ११७ वटा एटीएम र १११ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु