प्रभु क्यापिटलले मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ निष्काशन गर्ने



काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोमबार भएको सम्झौतामा हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।

कम्पनीले प्रारम्भिक शेयर निष्काशनका लागि कुल जारी पूँजी ७६ करोडको ३० प्रतिशत अर्थात् २२ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

सो कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।


क्लिकमान्डु