थप ४ करोड २५ लाख डोज खोप ल्याउने यस्तो छ सरकारको कार्यतालिका



काठमाडौं । सरकारले माघ महिनासम्म कोरोना विरुद्धको ५ करोड २३ लाख डोज खोप ल्याउने तयारी गरेको छ । जसमध्ये हालसम्म ९७ लाख डोज खोप ल्याइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार असोज मसान्तसम्म थप १ करोड २ लाख डोज खोप ल्याइनेछ भने पुस र माघ महिनासम्ममा थप ३ करोड ३० लाख डोज खोप ल्याउने तयारी भइरहेको छ ।

सरकारले चैत महिनाभित्र सम्पूर्ण नेपालीमा कोरोनाको खोप पुर्याउने लक्ष्य लिएको छ ।

सरकारले हाल दैनिक २ लाख ५० हजारदेखि ३ लाख डोज खोप लगाउने योजना बनाएको छ ।

यस्तो छ कार्यतालिका


क्लिकमान्डु