स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरे तलब तथा सुविधा नलिने घोषणा



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफूले कुनै पनि तलब, भत्ता लगायता सुविधा नलिने घोषणा गरेका छन् ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राज्यमन्त्री श्रेष्ठले तलब भत्ता नलिने घोषणा गरेका हुन् ।

साथै उनले आफू आबद्ध सबै संस्थाबाट अलग भइसकेको समेत स्पष्ट पारे । उनले आफू मन्त्रालयमा रहँदासम्म सुरक्षाकर्मीबाहेक सबै सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।

उनले सोमबार नै १०० दिनको कार्ययोजना समेत सार्वजनिक गरेका छन् ।


क्लिकमान्डु