एनएमबि बैंकले ल्यायो नयाँ बचत योजना




काठमाडौं । एनएमबि बैंकले सबै उमेरको लगानीकर्ताहरुलाई लक्षित गरीे शुन्य मौज्दातमै बिषेश सुविधायूक्त एनएमबि इन्भेष्टर सेभिङस् अघि सारेको छ ।
यस बचत योजना अन्तर्गत बैंकले खातामा उच्चतम ब्याजको साथै ५ वर्षका लागी निः शुल्क डिम्याट तथा मेरो शेयर, निः शुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आईपिएस मार्फत निः शुल्क अन्तर बैंक रकम ट्रान्सफर, निः शुल्क मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविट कार्ड र क्रेडिट कार्ड र एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवा संगसंगै परामर्ष सेवा प्रदान गर्ने जानकारी गराइएको छ ।

हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित राखेको देखिएता पनि एनएमबिले भने लगानीकर्ताहरुलार्ई बचत सँगै लगानी गर्न प्रोत्साहन गर्ने गरी बचतमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंक विगत ४ वर्षमा ३ पटक ‘द बैंक अफ दि इयर’बाट सम्मानित भएको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।


क्लिकमान्डु