अर्थसचिवमा मधु मरासिनी, कुन सचिवको सरुवा कहाँ ?



काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी मधु कुमार मरासिनीलाई दिएको छ । यसअघि मरासिनी महालेखा नियन्त्रक कार्यालयमा थिए ।

अर्थ सचिव शिशिर कुमार ढुंगाना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गरेको हो । राजस्व सचिव रामशरण पुडासैनीले अवकास ५ दिनमात्रै बाँकी छ ।


क्लिकमान्डु