बजेट कार्यान्वयनः २ सातामा डेढ अर्ब खर्च, साढे ३६ अर्ब राजस्व उठ्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ का लागि अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट कार्यान्वयन अन्यौलताका बीच राजस्व असुली र दैनीक बजेट खर्च भने स्वभाविक रुपमै अघि बढेको छ ।

नयाँ बजेट ल्याउने तयारी गरिरहँदा सरकारको आयव्यय भने विनियोजन अध्यादेशबाट सञ्चालित सरकारी खाताबाटै भइरहेको छ ।

चालु आर्थिक वर्ष शुरु भएको पहिलो २ हप्ता अवधिमा सरकारको बजेट खर्च १ अर्ब ४७ करोड ९० लाख र राजस्व संकलन ३६ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबर देखिएको छ ।

सरकारको खर्चतर्फ चालु शीर्षकमा १ अर्ब ४२ करोड ३० लाख र पुँजीगततर्फ ५ करोड ६० लाख रुपैयाँ बराबर रहेको छ ।

त्यस्तै, राजस्व असुलीमा कर राजस्वतर्फ २४ अर्ब ८९ करोड ६५ लाख र गैरकर राजस्वतर्फ ६२ करोड ६३ लाख रुपैयाँ बराबर उठेको देखिन्छ । १० अर्ब ९३ करोड रुपैयाँ बराबर अन्य शीर्षकको राजस्व प्राप्ति देखिएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा खर्चतर्फ १६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख र राजस्व असुलीतर्फ ११ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ बराबरको लक्ष्य राखिएको छ ।


क्लिकमान्डु