फलफूलबाट बनेको ३ पेय पदार्थको मापदण्ड राजपत्र प्रकाशित गर्ने तयारीमा विभाग



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूलबाट बनेको ३ पेय पदार्थका मापदण्डहरू राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको छ । विभागले फलफूलको रस, पलफूलको पेय र फलफूलको नेक्टरको मापदण्ड राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको हो ।

विभागका महानिर्देशक उपेन्द्ररायले गत असार १७ गते मन्त्रिपरिषद्को वैठकबाट स्वीकृत भई नेपाल राजपत्रमा प्रकाशित प्रक्रियामा रहेको बताए ।

विभागले यसअघि नै खाद्य ऐन अनुरुप विभिन्न खाद्य विषयहरूको अनिवार्य गुणस्तर मापदण्डका मस्यौदाहरू तयार गरिसकेको छ । विभागका अनुसार दालहरू, डेरीका प्रकारहरू र फलफूल तथा तरकारीलगायतका अन्य वस्तुको मस्यौदा तयार गरिसकेको छ ।

त्यसैगरी, विभागले हालसम्ममा १ सय ३५ वटा खाद्यान्नको गुणस्तरका मापदण्ड निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा रहेको अवस्था छ । साथै, आगामी दिनमा विस्तारै अन्य खाद्यान्नमा पनि गुणस्तरको मापदण्ड निर्धारण गर्ने रायको भनाइ छ ।


क्लिकमान्डु