रिलायन्स लाइफद्वारा मृतक विकको परिवारलाई २ करोड दावी भुक्तानी



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले साढे २ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । बुधबार आयोजित एक कार्यक्रममार्फत् बीमितका परिवारलाई दावी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीबाट इन्डोमेन्ट प्लान बीमालेख खरिद गरेका कोहलपुर बाँकेका सर्जन बिकको मृत्यु दावीको भुक्तानी रकम उनकी श्रीमती सपना मल्ललाई दिइएको थियो ।

उक्त कार्यक्रममा कम्पनीद्वारा मृतककी श्रीमतीलाई मृत्यु दावी भुक्तानी रकम स्वरुप २ करोड ५० लाख बराबर रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

२० वर्षे बीमा अवधिको पोलिसी खरिद गरेका बिकले प्रथम बीमाशुल्क वापत ५ लाख २२ हजार ८२० रुपैयाँ कम्पनीलाई भुक्तानी गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण अधिकारीका अनुसार मृत्यु पूर्व बीमक सर्जन बिकले झन्डै १ करोड २० लाख रुपैयाँकोे बन्दोबस्ती बीमा (इन्डोमेन्ट प्लान) र ३० लाख रुपैयाँको ट्रम प्लान (म्यादी जीवन बीमा) गरी दुबैमा ३०÷३० लाख रुपैयाँको एक्सिडेन्टल डेथ बेनिफिट अर्थात् राइडर पनि ट्याग गरेका थिए । उनका अनुसार १ करोड ५० लाखको पोलिसी दावी गर्ने समयसम्म आइसक्दा कुल २ करोड ५० लाख रहेको थियो ।

यसैगरी सीइओ अधिकारीले शोकाकुल परिवारप्रति आफू र कम्पनीको तर्फबाट समवेदना व्यक्त गरे ।


क्लिकमान्डु