रिसोर्टदेखि तारे होटलसम्म सबैले अनिवार्य संकेत चिन्ह राख्नुपर्ने , कुनले कस्तो चिन्ह राख्ने ?



काठमाडौं । सरकारले लक्जरी रिसोर्टदेखि तारे होटल सबैले अनिवार्यरुपमा कुन स्तरको होटल वा रिसोर्ट हो भन्ने जनाउने संकेत चिन्ह अनिवार्य रुपले राख्नु पर्ने भएको छ । सरकारले यसअघिको निर्णय कार्यान्वयन गर्दै नयाँ सूचना जारी गरेको हो ।

पर्यटन विभागका अनुसार गत फागनु २४ गते भएको निर्णय अनुसार गठित संकेत चिन्ह निर्धारण समितिको सिफारिस तथा विभागले गत चैत ४ गते गरेको निर्णय अनुसार सबै स्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका हेरिटेज बुटिक होटल, पर्यटकस्तरको होटल, पर्यटक इन, पर्यटक लज, मोटेल, बेड एण्ड ब्रेकफास्टबाट प्रदान हुने सेवा गुणस्तर, क्षमता, अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा पर्यटकस्तरका पूर्वाधार भएको जनाउनका लागि स्रकेत चिन्ह अनिवार्यरुपमा राख्नुपर्ने छ ।

जसअनुसार सबै स्तरका रिसोर्ट तारास्तरका होटल तथा सबैस्तरका बुटिक होटलका सम्बन्धमा संकेत चिन्हका रुपमा तारा चिन्ह प्रयोग गर्नुपर्नेछ ।

त्यसैगरी एक तारास्तरको होटलले एक तारा, दुई तारे होटलले २ तारा, तीन तारे होटलले ३ तारा चार तारे होटलले ४ तारा, ५ तारे होटलले ५ तारा, ५ तारे डिलक्सस्तरको होटलले ५ तारा र डिलक्स शब्द, साधारण हेरिटेज बुटिक होटलले ३ तारा र स्ट्यान्डर्ड हेरिटेज बुटिक शब्द राख्नुपर्ने छ ।

त्यसैगर डिलक्स हेरिटेज बुकिट होटलले ४ तारा र डिलक्स हेरिटेज बुटिक शब्द, लक्जरी हेरिटेज बुकिक होटलले ५ तारा ५ तारा र लक्जरी हेरिटेज बुकिट शब्द, साधारण रिसोर्टका लागि ३ तारा र स्ट्यान्डर्ड रिसोर्ट शब्द र डिलक्स रिसोर्टका लागि ४ तारा र डिलक्स रिसोर्ट शब्द र लक्जरी रिसोर्टका लागि ५ तारा लक्जरी रिसोर्ट शब्द संकेत चिन्हका रुपमा राख्नुपर्नेछ ।


क्लिकमान्डु