सामाजिक सुरक्षा कोषविरुद्धको रिटमा न्यायाधीशको राय बाझियो, रिट पूर्णइजलाजमा पुग्यो



काठमाडौं । सामाजिक सुरक्षा कोषविरुद्ध वित्तीय क्षेत्रका कर्मचारीहरु गरेको रिटमा न्यायाधीशहरुको रायबाझी भएको छ । कोषको ऐनमा भएका व्यवस्थाहरु बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीलाई अमान्य भएको भन्दै कर्मचारीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आइतबार भएको सुनुवाईमा न्यायाधीश तेजबहादुर केसीले अन्तरिम आदेश जारी गर्ने पक्षमा र बमकुमार श्रेष्ठले विपक्षमा आदेश जारी गरेका छन् । जसका कारण अब उक्त रिटको सुनुवाई पूर्ण इजलासमा हुने भएको छ ।

सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा अहिले खाइपाइ आएको सेवा सुविधा समेत कटौती हुने र सरकारी र निजी क्षेत्रमा काम गर्ने कर्मचारीलाई कोषमा भएको व्यवस्थाले फरक व्यवहार गरेको भन्दै कर्मचारीहरुले रिट दायर गरेका थिए ।

गत जेठ २२ गते बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी तथा युनियनहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । कर्मचारीहरुले कोषमा आबद्ध हुनका लागि स्वेच्छिक व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।


क्लिकमान्डु