लगानीकर्ता बैंकमा आकर्षित, ५४.३१ अंकले बढ्यो नेप्से



काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६३ विन्दुमा पुगेको छ । यो दिन ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता सेयर १४ अर्ब ५० करोड २३ लाख ६५ हजार १४८ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन १४५ कम्पनीको सेयर मूल्य बढ्दा ६६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन बैंकिङ उपसमूह ३.४३ प्रतिशतले बढेको छ भने जलविद्युततर्फ पनि २.३९ प्रतिशतले बढेको छ ।

यो दिन सबैभन्दा ९ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन उर्जा विकास कम्पनी, सपोर्ट माइक्रोफाइनान्स, राधी विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, विशाल बजार कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर, कालिका पावर कम्पनी र नगाडी ग्रुप पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।


क्लिकमान्डु