आइतबारको प्रि-ओपनिङमा नेप्से १३.२३ अंकले बढ्यो, ४७ कम्पनीको मूल्य बढ्यो



काठमाडौं । साताको पहिलो दिन आइतबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १३.२३ अंकले बढेको छ ।

प्रि-ओपनिङमा ५७ वटा कम्पनीको कारोबार भएको छ । जसमा ४७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै २ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा एक्सल डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, राधी विद्युत् र बिशाल बजार कम्पनी र किसान लघुवित्तको सेयर मूल्य २ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु