बजार पुँजीकरणमा नम्बर वान बन्यो नबिल बैंक, टेलिकम दोस्रोमा झर्यो



काठमाडौं । नेपाल टेलिकमलाई पछि पार्दै निबल बैंक बजार पुँजीकरणमा शीर्ष स्थानमा उक्लिएको छ ।

यसअघि नेपाल टेलिकमले प्रभुत्व कायम गरिहेको शीर्ष स्थानमा नबिल बैंक पुगेको हो । 

गत साताको कारोबार सकिँदासम्म नबिल बैंकको बजार पुँजीकरण १ खर्ब ९६ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बढी पुगेको छ । जबकी नेपाल टेलिकमको बजार पुँजीकरण १ खर्ब ९४ अर्ब ४० करोड रुपैयाँ छ । नबिल बैंकको कुल १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता दोस्रो बजारमा सूचिकृत छ ।

 
त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको बजार पुँजीकरण १ खर्ब ६१ अर्ब ५० करोड, नेपाल लाइफ इन्स्योरेन्सको बजार पुँजीकरण १ खर्ब ४१ अर्ब ७६ करोड, नागरिक लगानी कोषको बजार पुँजीकरण १ खर्ब २१ अर्ब, एनआइसी एसियाको बजार पुँजीकरण १ खर्ब १९ अर्ब र ग्लोबल आइएमइ बैंकको बजार पुँजीकरण १ खर्बभन्दा बढी रहेको छ ।  


क्लिकमान्डु