होटल शारामा ५०% छुट, स्विमिङ पुल, ज्याकुजी र साउनाको सुबिधा



पोखरा । पोखराको लेकसाइड चौध नम्बर स्ट्रीटमा रहेको होटल शाराले पोस्ट लकडाउन अफर अन्तर्गत ५० प्रतिशत छुटमा  प्याकेज उपलब्ध गराएको छ । 

सन् २०२० मा अत्याधुनिक प्रविधिमा बनेको होटलमा  डिलक्स, सुपर डिलक्स, स्विट र प्रेसिडेन्सियल स्विट रुम छन् । प्राय रुममा बाथ टब र ज्याकुजी रहेको छ भने ग्राहकले रुफटपमा इन्फिनिटी पुलको मज्जा लिन सक्ने होटलको फ्रन्ट अफिस म्यानेजर सरिता गोलेले जानकारी दिइन्।

बाल्कोनी र ज्याकुजी टब रहेको डिलक्स रुममा जोडिले बुकिङ गर्दा ब्रेकफास्ट सहित एक रातको सात हजारको प्याकेज जम्मा तीन हजार पाँच सयमा बुकिङ गर्न सकिने बताइएको छ ।  

९८५६०१२१५१ मा फोन गरेर छुटमा प्याकेज बुक गर्न सकिन्छ । यो अफर सेप्टेम्बर ३१ सम्म लागू हुने बताइएको छ ।

होटलका बाथरुम जापानीज प्रविधिको वासलेट सिस्टम सहित निर्माण गरिएका छन् । साउनाको समेत सुबिधा भएको होटलमा साठी रुम र कन्फ्रेन्स हल समेत उपलब्ध छन् । 

लेकसाइडकै अग्लो भवनमा रहेकाले होटलबाट फेवाताल, हिमाल र आसपासको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ । होटलबारे थप जानकारी होटलको वेबसाईट hotelshaara.com मार्फत लिन सकिन्छ ।


क्लिकमान्डु