२०२२ देखि उत्पादन हुने सबै आइफोनमा फाइभजी चल्ने



एजेन्सी । सन् २०२२ देखि उत्पादन हुने सबै आइफोनमा फाइभजी नेटवर्क सर्पोट गर्ने भएको छ । चिनियाँ पत्रिका निक्की एशियाका अनुसार आगामी वर्षदेखि उत्पादन हुने सबै प्रकारका आइफोनले फाइभजी नेटवर्क सर्पोट गर्नेछ ।

आइफोनले आगामी वर्षदेखि नयाँ फोरजी मोडल बजारमा ल्याउन छैन । यस्तो एप्पलको लो–इण्ड आइफोनको एसई ३ ले पनि ५ जी नेटवर्क सर्पोट गर्छ ।

साथै एप्पलले अर्को वर्षदेखि आइफोन मिनी मोडल पनि सार्वजनिक गर्ने छैन । उपभोक्ताले हाइएण्ड स्मार्टफोनमा सानो स्क्रिन नरुचाउने भएकाले एप्पलले यस्तो कदम चाल्न लागेको हो ।

कम मूल्यको ५जी आईफोन एसईले सन् २०२२ को मध्यसम्म बजारमा सकारात्मक प्रभाव छाड्ने कम्पनीको विश्वास छ । आइफोन एसई३ मा एप्पलको ए१५ प्रोसेशर, यो वर्ष सार्वजनिक हाइएण्ड आईफोनको चिप राखिनेछ ।

सामसुङ, ओप्पो, शाओमी र ह्वावेलगायत ब्राण्डले सन् २०१९ देखि नै फाइभजी नेटवर्क सर्पोट गर्ने फोन उत्पादन गर्दै आइरहेका छन् । तर आइफोनले भने २०२० मा मात्र ५जी फोन सार्वजनिक गरेको थियो ।


क्लिकमान्डु