निषेधाज्ञापछि ९ सय केजी सुन आयात



काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागू गरेको निषेधाज्ञापछि ९ केजी सुन आयात भएको छ ।

निषेधाज्ञामा सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द र व्यवसाय पूर्ण बन्द भएको अवस्थामा आयात गर्न नसकेकाले निषेधाज्ञापछि विभिन्न चरणमा ९ सय केजी सुन आयात भएको हो ।

सरकारले कोरोनाको संक्रमण बढ्दै गएपछि वैशाख १६ गतेदेखि असार ६ गतेसम्म निषेधाज्ञा कडाई गरेको थियो । सो अवधिमा सम्पूर्ण व्यवसाय बन्द र अन्तर्राष्ट्रिय उडान बन्द भएकाले सुन आयात हुन सकेको थिएन । त्यसैले खुकुलो हुने वित्तिकै सुन आयात गर्न थालेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मरत्न बज्रचार्यले हालसम्ममा ९ सय केजी सुन आयात भइसकेको बताए । कोरोना महामारीले गर्दा करिब २ महिन बजार बन्द भएको अवस्थामा सुन आयात गर्न सकेको थिएन । त्यसैले महासंघले बन्द अवस्थामा रहेको बेला सुन आयात हुन नसक्दा विस्तारेै बैंकहरूलाई माग गरेको थियो । सोही अनुसार बैंकहरूले व्यवसायीहरूलाई सुन प्रदान गरेको उनी बताउँछन् ।

‘विभिन्न वाणिज्य बैंकहरूले आयात गरेको ९ सय केजी सुनमा ७ केजी सुन वितरण भइसकेको छ,’ उनले भने, ‘बाँकी सुन पनि विस्तारै व्यवसायीहरूले माग गरे अनुसार वितरण गर्नेछौं ।’ हाल आयातित सुनमध्ये ५० प्रतिशत बाग्मति प्रदेशलाई र ५० प्रतिशत अन्य अन्य प्रदेशमा वितरण हुने उनले बताए ।

सरकारले दैनिक व्यवसायीहरूको लागि २० केजीको कोटा तोकेको छ ।सोही अनुसार बैंकहरूले सुन आयात भएर दैनिक रुपमा २० केजी वितरण भइरहेको बताए । साथै, निषेधाज्ञा खुकुलो र अन्तर्राष्ट्रिय उडान दैनिक रुपमा भएकाले सुन आयातमा खासै समस्या नभएको उनको भनाइ छ । त्यस्तै अझै विभिन्न बैंकहरूले ६ केजी सुन आयात गर्न बाँकी रहेको उनले जानकारी दिए ।


क्लिकमान्डु