२० हजार भारुमा तयार भयो इलेक्ट्रिक साइकल



एजेन्सी । विश्वमै पेट्रोल र डिजलको मूल्य बढिरहेको छ । यस्तोमा मानिसहरु पारम्परिक इन्धनको विकल्प खोजिमा छन् ।

धेरै मानिसको खोजी इलेक्ट्रिक सवारीमा आएर सकिन्छ । इलेक्ट्रिक सवारीको शुरुवाती लागत मूल्य महँगो भए पनि सञ्चालन खर्च भने सस्तो छ ।

वातावरणमैत्री र सञ्चालन खर्च सस्तो हुने भएकाले विश्वका चर्चित अटोमोवाइल्स ब्राण्ड विद्युतीय सवारीमा केन्द्रित भइरहेका छन् । साथै दुई पांग्रे सवारी निर्माता कम्पनी पनि विद्युतय बजारमा प्रवेश गरिसकेको छ ।

यस्तोमा भारतको तामिलनाडुका एक व्यक्तिले इलेक्ट्रिक साइकल बनाएका छन् । ३३ वर्षका एस भास्करन नामका व्यक्तिले इन्धनको बढ्दो मूल्यबाट राहज प्राप्त गर्न एक सम्भावित विकल्प निकालेका छन् ।

मिडिया रिर्पोटकाअनुसार तमिलनाडुको विल्लुपुरमको पकामेडु गाउँमा बस्ने भास्करनले इलेक्ट्रिक साइकल तयार गरेका हुन् । उक्त इलेक्ट्रिक साइकल एक यूनिटमा ५० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्न सक्षम छ । भास्करनले मेकानिकल ईन्जिनियरिङमा डिप्लोमा उर्तिण गरेका छन् ।

तर गत वर्ष उनले कृषिमा केन्द्रित हुन कोभिड–१९ महामारीको समयमा जागिर छोडेका थिए । कृषि कर्मबाट बचत भएको समयमा उनी इलेक्ट्रिक साइकलको बारेमा अध्ययन तथा अनुशन्धानमा बिताउँथे ।

इलेक्ट्रिक साइकलमा लगाव बढ्दै जाँदा आफै डिजाइन गर्ने निक्र्यौलमा पुगे । यसका लागि उनले २ हजार भारुमा एउटा पुरानो साइकल किने । भास्करनले अन्य उपकरण र स्पेयर पाट्र्स किन्न अतिरिक्त १८ हजार भारु खर्च गरे ।

ती पाट्र्स उनलाई ई–साइकलमा काम गर्नका लागि प्रयाप्त थियो । त्योसँगै उनले इलेक्ट्रिक साइकलको डिजाइनमा काम शुरु गर्न थाले । बजारमा उपलब्ध इलेक्ट्रिक साइलको तुलनामा भास्करनले तयार पारेको साइकल सस्तो पनि छ ।

ई–साइकलको पूरा सेटअप सिर्फ २० हजार भारुमा तयार गरिएको छ । यस्तो ई–साइकल बनाउन महँगा उपकरण र औजारको आवश्यकता पर्दैन । भास्करनका अनुसार यसमा एक इलेक्ट्रिक मोटर, ब्याट्री कन्ट्रोलर र ब्रेक कट अफ स्विच लगाइएको छ ।


क्लिकमान्डु