महामारीविरुद्धको लडाईमा सरकारलाई सहयोग गर्न निजी क्षेत्रसँग प्रधानमन्त्रीको अपिल



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड १९ महामारी विरुद्धको लगाईमा सरकारलाई साथ दिन निजी क्षेत्रसँग आग्रह गरेका छन् ।
बुधबार नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारण सभामा बोल्दै प्रधानमन्त्री देउवाले सरकार एक्लैको प्रयासले महामारी नियन्त्रण सम्भव नरहेको भन्दै हातेमालो गर्न अपिल गरेका हुन् ।

‘कोभिड १९ महामारीको समस्या समाधानका निम्ती नेपालका उद्योगपति व्यापारीहरुले सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ । महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि म उहाँहरुलाई र्हािर्दक अनुरोध र आह्वान गर्न चाहान्छु,’ प्रधानमन्त्री देउवाले भने, ‘सरकारको त आफ्नो दायित्व हो । उसले गर्नैपर्छ । साथसाथै तपाईहरुले पनि हातेमालो गर्नुभयो भने हामी छिटै नै महामारीबाट मुक्त हुनसक्छौं भन्ने मेरो आशा छ ।’
महामारीसँग जुध्न निजी क्षेत्रले गरेको योगदान सह्रानीय रहेको र यसलाई निरन्तरता दिन प्रधानमन्त्रीले आग्रह गरे ।

‘उद्योगी व्यवसायीले यसअघि गर्नुभएको सहयोगका लागि म धन्यवाद भन्न चाहन्छु । तर फेरी हामी जुट्नुपर्ने बेला छ,’ देउवाले भने, ‘अप्ठेरो स्थीति छ । महामारीले दुःख दिइरहेको छ । अर्को लहर आउँछ भनेर जनस्वास्थ्यविदहरुले चेतावती दिइरहेका छन् ।’

महामारी नियन्त्रण र प्रभावकारी खोप कार्यक्रमका लागि सरकार प्रतिवद्ध रहेको पनि देउवाले बताए । विकास निर्माणका कामसँगै खोप कार्यक्रम संचालन गरेर जीवन रक्षा गर्ने विषयलाई सरकारले बढी प्राथमिकतामा राखेको उनले बताए ।

प्रधानमन्त्री देउवाले अर्थमन्त्री जनार्दन शर्माको प्रसंशा गर्दै उनले आफ्नो कार्यकालमा सम्झनयोग्य काम गर्नेमा आफु विश्वस्त रहेको पनि बताए ।

‘अर्थमन्त्री मेहनती हुनुहुन्छ । उहाँले नेपालको अर्थतन्त्र सुधार्नका लागि भरमग्दुर प्रयास गर्नुहुनेछ र सफल पनि हुनुहुनेछ भन्ने मेरो विश्वास छ । उहाँ भिजन भएको व्यक्ति पनि हो ।’


क्लिकमान्डु