पब्जी मोबाइल च्याम्पियनशिपमा ३ टीमले जिते टीभीएस एनटर्क सुपर क्वाड स्कुटर



काठमाडौं । पब्जी मोबाइल च्याम्पियनशिप २०२१ सम्पन्न भएको छ । जीजीसीओको आयोजना र टीभीएस एनटर्क सुपर स्क्वाड एडिसनको सहकार्यमा आयोजित पब्जी मोबाइल च्याम्पियनशिप मंगलबार सकिएको हो ।

४५ दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालभरका ६६० भन्दा बढी टोलीले प्रतिस्पर्धा गरेका थिए ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले नेपाली गेमिंगको समुदायलाई सहयोग पुर्याउनको लागि यो प्रतियोगितामा सहकार्य गरेको बताए ।

‘यो एउटा कर्पोरेट कम्पनीले नेपालको ईस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्नको लागि उठाएको ठूलो कदम हो,’ अग्रवालले भने, ‘उनीहरूलाई कर्पोरेट जगतमा प्रतिभा प्रदर्शन गर्न यसले ठूलो सहयोग पुर्याएको छ ।’

प्रतियोगिता २०२१ जुन १ देखि शुरु भएको यो प्रतियोगिता जुलाई १६ सम्म चलेको थियो । जसअन्तर्गत फाइनलमा ४८ टिम (प्रत्येक समूहमा १६ जना) गरी सामेल भएका थिए ।

जसलाई ३ समूहमा विभाजन गरिएको थियो । क्वालिफायर, क्वाटर–फाइनल, सेमी फाइनल, र फाइनलको रुपमा खेलाइएको प्रतियोगिता सबै भर्चुअल रुपमा आयोजना गरिएका थिए ।

फरक फरक स्तरका टोली सहभागी यो प्रतियोगितामा तीन भाग्यशाली विजेताले टीभीएस एनटर्क सुपर क्वाड मार्बल थिम्स एडिसन स्कुटरका तीन सिरिज जित्न सफल भए । जसमा प्ले विथ प्रपोज (पीडब्लूपी ईस्पोर्टस्), डेडआइज् गाइज् (डीई) र द रियल सोल्जर (डीआरएस) रहेका छन् ।


क्लिकमान्डु