क्रिप्टोकरेन्सीमा भारी गिरावट, लगानीकर्ताले गुमाए १ खर्ब डलर



एजेन्सी । भर्चुअल दुनियाँमा सबैभन्दा बढी नाम र दाम कमाएको क्रिप्टोकरेन्सीका लगानीकर्तालाई पछिल्ला दिन खास खबर छैन । अझ भनौ शुभ खबर पनि छैन ।

किनकी असाध्यै ठूलो झट्का लागेको छ । लगानीकर्ताले पछिल्ला केही दिनमा मात्रै ७ लाख करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् ।

एक महिना पहिले मात्रै लगानीकर्ताले पहिलो पटक ३० हजारभन्दा तल बिटक्वाइनको मूल्य झरेको छ ।

पछिल्लो १४ अप्रिलपछि मात्रै त्यसको मूल्यमा झण्डै ५० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । प्रतिबिटक्वाइन झण्डै ७० हजार अमेरिकी डलरको हाराहाराीमा पुगेको मूल्य ३० हजार डलर वरपर झरेको छ ।

भारी मात्रामा बिक्री हुने बिटक्वाइन एक महिनाको बीचमा पहिलो पटक ३० हजार डलरको वरपर रहने गरी झरेको छ । मंगलबार पनि बिटक्वाइनको मूल्यमा ६.२२ प्रतिशतले ओरालो लागेर २९ हजार ८३१.७० अमेरिकी डलर प्रति युनिटमा कारोवार भएको छ ।

मंगलबार मात्रै इथेरियम ७.८६ प्रतिशतले ओर्लेको छ । टस्थर ०.०२ प्रतिशतले घटेको छ । बिनाका क्वाइन १२.०३ प्रतिशतले घटेर २६६ डलर प्रतियूनिट भएको छ । डाग्रक्वाइन ७.५८ ले घटेर ०.१६६२ डलर प्रतियुनिट कायम भएको छ । इथेरियम क्लासिक ७.१८ प्रतिशतले घटेर ३९.०६ डलर प्रतियूनिटमा कारोवार भएको छ ।

सोमबार मात्रै क्रिप्टोकरेन्सीमा लगानी गर्नेले ९८ अर्ब डलर बराबरको सम्पत्ति गुमाएका छन् । केही लगानीकर्ताका अनुसार यसको मूल्य ३० हजार डलरको आसपास आउँदा केही नोक्सान हुन सक्छ ।

यदि यो गिरावट झैपनि जारी रहने हो भने धेरै नै नोक्सानी हुन सक्छ । धिमा गतिमा भइरहेको आर्थिक वृद्धिका कारण पनि यसमा प्रभाव परेको हुन सक्छ । कोरोनाका कारण विश्व बजारमा नै समस्या देखा परेको छ ।

अमेरिकी सेयर बजारमा पनि ठूलो मात्रामा गिरावट देखिएको छ । अमेरिकी सेयर बजार डाओ जोन्स २०२० को अक्टोबरपछि सबैभन्दा बढी गिरावट देखिएको छ । कोरोनाको तेस्रो लहरको आशंकाले गर्दा आर्थिक सुधार थप कमजोर देखिएको छ । गत अप्रिलमा बिटक्वाइनको कूल बजार पूँजीकरण १ ट्रिलियन डलरको आसपास पुगेको थियो ।

बिटक्वाइन एक भर्चुअल करेन्सी हो । यसको सुरुवात सन् २००९ मा भएको थियो । विस्तारै यो यति धेरै लोकप्रिय भयो कि यसको मूल्य लाखौं मूल्य बराबरको हुन पुग्यो । यसको भुक्तानीका लागि मात्रै क्र्रिप्टोग्रापीको प्रयोग गरिन्छ ।


क्लिकमान्डु