बैंकका कर्मचारीले सामाजिक सुरक्षा कोष विरुद्ध हालेको मुद्दाको पेशी साउन ७ गतेलाई सर्यो



काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोष विरुद्ध वित्तीय क्षेत्रका कर्मचारीले गरे दायर गरेको मुद्दाको पेशी साउन ७ गतेलाई सारेको छ ।

मंगलबार निवेदकका तर्फबाट अधिवक्ताद्वय शरद कोइराला र विजय मिश्र तथा निवेदक सिटिजन्स बैंकतर्फबाट अधिवक्ता केदार अधिकारी साथै बरिष्ठ अधिवक्ता वियजकान्त मैनाली, हरिहर दाहालले बहस गरेका थिए । त्यसैगरी, प्रतिवादीका तर्फबाट एकजना सरकारी वकिलले मात्र बहस गरेका थिए ।

गत असार २२ गतेदेखि उक्त मुद्दामा बहस भइरहेको छ । सामाजिक सुरक्षा कोषले जवरजस्ती गरेपछि त्यसमा गम्भीर असहमति जनाउँदै वित्तीय क्षेत्रका कर्मचारीले असार १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसयता लगातार ब्याक अफ सामाजिक सुरक्षा कोष भन्दै सडक आन्दोलनसमेत गर्दै आएका छन् ।


क्लिकमान्डु