मौद्रिक नीति ल्याउन राष्ट्र बैंकले पूर्व गभर्नरसँग छलफल



काठमाडौं । मौद्रिक नीतिको अन्तिम तयारीमा रहेको राष्ट्र बैंकले बुधबार पूर्व गभर्नरहरुसँग छलफल गर्ने भएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संस्थापक गभर्नर हिमालयन शमशेर राणादेखि अधिकारी अगाडिका गभर्नर डा चिरन्जिवी नेपालसँग छलफल गर्न लागेका हुन् । राष्ट्र बैंकका पूर्व गभर्नरमध्ये केहीको निधन भइसकेको छ ।

पूर्व गभर्नर डा युवराज खतिवडा भने अहिले राजदूतको रुपमा अमेरिकामा छन् । अरु भने नेपालमा नै विभिन्न भूमिकामा रहेका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बुधबार पूर्व गभर्नरसँग राष्ट्र बैंकले मौद्रिक नीतिको पूर्व छलफल गर्न लागेको जानकारी दिए ।
‘पूर्व गभर्नरहरुसँगको छलफलपछि राष्ट्र बैंकले मौद्रिक नीतिलाई अन्तिम रुप दिने छ,’ढकालले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंकले बुधबार पूर्व गभर्नरसँग छलफल गरेपछि मौद्रिक नीति पूर्वको छलफललाई सक्ने छ । सरकार परिवर्तन नभएको भए राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरिसकेको हुने थियो ।

सरकारले बजेट कार्यक्रमहरु परिवर्तन गर्ने जनाएको छ । ओली सरकारले ल्याएको बजेटको अध्यादेश प्रतिनिधिसभामा पेश भएपनि सरकारले ओली सरकारले लिएका कार्यक्रमहरु परिवर्तन गरेर बिनियोजन विधेयक प्रतिनिधिसभामा पेश गर्ने छ ।


क्लिकमान्डु