नेप्सेमा ९ अंकको करेक्सन, करिब ८ अर्ब बराबरको कारोबार



काठमाडौं । मंगलबार नेप्से परिसूचकमा ९ अंकको करेक्सन देखिएको छ ।

यो दिन ३ करोड १६ लाख ८ हजार १९३ कित्ता सेयर ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रुपैयाँमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा ९२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन उपसमूहतर्फ म्यूचुअल फण्डतर्फ लगानीकर्ताको आकर्षण देखिएको छ । म्यूचुअल फण्ड ६.२९ प्रतिशतले बढ्दा, होटल एण्ड टुरिजम १.६१ प्रतिशत, हाइड्रोपावर सब इन्डेक्स १.२२ र म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ ०.२२ प्रतिशतले बढेको छ । अन्य उपसमूहमा गिरावट देखिएको छ ।


क्लिकमान्डु