अर्बपति बेजोसले १० मिनेटको अन्तरिक्ष यात्रा गर्दै, खर्च कति ?



अर्बपति जेफ बेजोसले मंगलबार अन्तरिक्षको यात्रा गर्ने भएका छन् । अमेजनका मालिक समेत रहेका बेजोस ३ सहयात्रीका साथ अन्तरिक्षको यात्रामा निस्कन लागेका हुन् ।

उनको साथमा उनका भाइ मार्क बेजोस, ८२ वर्षिय पूर्व पाइलट बैली फंक र १८ वर्षीय विद्यार्थी ओलविर डायमेन रहनेछन् ।

यी सबै मानिस बेजोसको कम्पनी ब्लू ओरिजन अन्तरिक्ष यान न्यू शेफर्डमा जाने भएका छन् । ब्लू शेफर्ड अन्तरिक्ष पर्यटनलाई बढावा दिने लक्ष्यका साथ डिजाइन गरिएको छ ।

न्यू शेफर्डमा धेरै प्रकारका झ्याल भएका कारणले त्यसमा सवार सबैले अन्तरिक्षबाट पुथ्वीको मनमोहकता हेर्न सक्छन् ।

उडानभन्दा पहिले सीबीएस न्यूजलाई दिइएको अन्तरवार्तामा भनेका छन्– ‘म असाध्यै उत्साहित छु । मानिसहरुले सोधिरहेका छन्, के तिमी नर्भस छौ ।’

‘म साँचो भन्छु, खासमा म नर्भस छैन । म असाध्यै उत्सुक छु । म जान्न चाहन्छु कि हामीले त्यहाँबाट के सिक्छौ,’ उनले थपे ।

‘हामी प्रशिक्षणमा छौ । अन्तरिक्षयान तयार छ । क्रु पनि तयार छन् । हाम्रो टीम अद्भूत रहेको छ । हामी यसका बारेमा खासमा भन्नु पर्दा असाध्यै रोमाञ्चक महसुस गरिरहेका छौ,’ उनले भने ।

बैली फंकका अनुसार खासमा यो सम्भव हुन गइरहेको छ । मैले यो समयका लागि लामो समयदेखि प्रतिक्षा गर्यौ ।

लामो समयदेखि हामीले यो सपना देख्दै आएका थियौ । अन्तरिक्षमा रहँदा उनको भार शून्य हुन जान्छ । अमेरिकी समयअनुसार मंगलबार साँझ ६.३० मा अमेरिकाको टेक्सासबाट अन्तरिक्षयान उड्नेछ ।

करिब ४ मिनेटसम्म उनीहरुले शून्य गुरुत्वाकर्षणमा रहनेछन् । योजना अनुसार अन्तरिक्षमा पुगेपछि उनीहरु आफनो सिटबाट उठ्नेछन्, चारैतर्फ तैरिन्छन् र धर्ती र वायुमण्डल देख्नेछन् । उक्त यात्रा १० मिनटमा पूरा हुनेछ ।

अन्तरिक्ष यात्री भने पृथ्वीमा प्यासुटबाट फर्कनेछन् । ब्लू ओरिजनको योजनाअनुसार धर्तीको सतहबाट १०० किलोमिटर बढी उडान गर्ने लक्ष्य तय गरिएको छ । बेजोसले सन् २००० देखि नै ब्लू ओरिजन कम्पनीको शुरुवात गरेका हुन् ।

सो कार्यका लागि २८ मिलियन डलर बराबरको आखिरी बोली लगाइएको थियो । बोली लगाउनेमा ओलिवर डायमेन थिए । आलोचकहरुले ठूलो परिमाणको पैसा खर्च अनुपयुक्त कामका लागि भएको बताएका छन् । उक्त यात्राका क्रममा गरिने पैसा जलवायु परिवर्तन विरुद्धको लडाईमा खर्च गरिएको भए राम्रो हुने आलोचकहरुको भनाइ छ ।– बीबीसी हिन्दी


क्लिकमान्डु