कोरोनाले संसारकै अर्थतन्त्र धरापमा, चीनको स्थिर



एजेन्सी । कोरोनाका कारण विश्व अर्थतन्त्र समस्यामा परेको र विषम अवस्थामा पुगेको छ । क्रमशः सामान्य बन्दै गएको विश्व अर्थतन्त्रले लय समात्ने अपेक्षा गरिएको छ ।

ठूला अर्थतन्त्र भएका देशहरु समेत समस्यामा परेका छन् । अमेरिका सामन्य लयमा फर्कन लाग्दैछ । तर यूरोपमा भने कोरोनाको तेस्रो लहरको जोखिम पनि उत्तिकै देखिएको छ ।

पछिल्ला केही दिनयता बेलायतमा कोरोनाको इण्डियन भेरियन्ट तीव्र गतिमा फैलिएको समाचार विवरणहरुमा जनाइएको छ ।

भारतमा समेत कोरोनाको दोस्रो लहरकै कारण स्थिती तवाह भएको थियो । आम रुपमा अझै पनि भारतमा सकारात्क प्रभाव देखिन सकेको छैन । दक्षिण अमेरिकी देश समेत समस्यामा परिरहेको छ ।

नेपाल, बंगलादेश, पाकिस्तान पनि कोरोनाको लहर उस्तै रहेको छ । मुुस्लिम समूदायको रमजानका कारण मक्कामा भक्तजनको ठूलो भिड लागेका कारण कोरोना थप फैलनसक्ने जोखिम उत्तिकै रहेको छ ।

यसै सन्दर्भमा संसारका केही देशमा कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरणको प्रयास भइरहेको भएपनि सार्थक सफलता हासिल हुन सकेको छैन ।

यही क्रममा कोरोनाको उद्गमस्थल चीनको अर्थतन्त्र अघिल्लो वर्ष उल्लेख्य रुपमा वृद्धि भयो । कोरोनाकालमा नै झण्डै ३०० नयाँ अर्बपति पनि थपिए । तर, सन् २०२१ को पूर्वार्धमा आर्थिक विकास दर स्थिर अवस्थामा रहेको यहाँको राष्ट्रिय विकास तथा सुधार आयोगले जानकारी दिएको छ ।

सोमबार पत्रकार सम्मेलन गरी चीनको आर्थिक परिस्थितिबारे जानकारी गराउँदै अर्थतन्त्र स्थिर अवस्थामा रहेको छ ।

चिनियाँ बर्षको पूर्वार्धमा उत्पादन मात्रा ५३२ खर्ब १६ अर्ब ७० करोड चिनियाँ युआन पुगेको आयोगले बताएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १२.७% ले वृद्धि हो ।

तथ्यांक अनुसार चीनको कृषि उत्पादन स्थिर देखिएको छ । औद्यौगिक उत्पादन द्रूतरूपमा विकास भएको र सेवा व्यवसायहरू पुनरूत्थान हुँदै आएको आयोगले बताएको छ ।

तीन वटा आवश्यकताबाट हेर्दा लगानीको पुनरूत्थान हुँदैआएको, उपभोगको पुनरूत्थान शक्ति बलियो भएको र निर्यातको मात्रा विकास हुँदै गएको आयोगको भनाइ रहेको छ ।

त्यसैगरी वासिन्दाको आम्दानीको वृद्धि दर तथा आर्थिक विकासको दर बराबर देखिएको र रोजगारीको परिस्थिति स्थिर भएका कारण बजारको भविष्य समृद्ध हुनसक्ने आयोगले प्रक्षेपण गरेको छ ।


क्लिकमान्डु