आइएफसीको क्षेत्रीय निर्देशकमा गोमेज नियुक्त



काठमाडौं । आइएफसीले आफनो दक्षिण एशियाली क्षेत्रीय निर्देशकमा हेक्टर गोमेज आङलाई नियुक्त गरेको छ ।

आइएफसीले सोमबार अबेर जारी गरेको विज्ञप्ति अनुसार दक्षिण अमेरिकी देश मेक्सिकोका नागरिक गोमेजले दक्षिण एशियाका मुलुकहरुसँग काम गर्नेछन् । भारतको राजधानी नयाँ दिल्लीमा रहने गरी उनलाई नियुक्त गरिएको हो ।

कोरोनाका कारण अर्थतन्त्र संकटमा परेको विषम अवस्थालाई मध्इनजर गरेर उनले अर्थतन्त्रको सुधारको क्षेत्रका काम गर्ने अपेक्षा लिइएको छ ।
उनले पनि कोरोनाका कारण दक्षिण एशियाली देशहश्रमा परेको समस्या एवम् निजी क्षेत्रले भोग्नु परेको जटिलतालाई सम्बोधन गर्ने गरी आफूले काम गर्ने बताएका छन् ।

महामारीका कारण गरिबीको दरमा वृद्धि भएको तथा पब्लिक फाइनान्सको क्षेत्रमा परेको जटिलतालाई सम्बोधन गर्न प्रयास गर्ने उनको भनाइ छ ।
गोमेजले यसअघि अंगोला, मोजाम्बिक, जाम्बियालगायतका देशका देशीय निर्देशकको रुपमा काम गरिसकेका छन् ।

यस्तै, उनले ब्राजिलको समेत देशीय निर्देशकको रुपमा काम गरिसकेका छन् । सन् २००६ मा आइएफसीमा इन्भेस्टर अफिसरको रुपमा काम शुरु गरेका उनले एमबिए गरेका छन् । सन् २०२० मा आइएफसीले २२ बिलियन डलर निजी क्षेत्रमा लगानी गरेको छ ।


क्लिकमान्डु