बैंकहरुको व्यवसाय २८%ले बढ्यो, सिभिलको छलाङ, पछिपछि एनआइसी र सिटिजन्स



काठमाण्डौं । कोरोना महामारीको एक वर्षमा वाणिज्य बैंकहरुको व्यवसाय २८ प्रतिशत बढीले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको अन्त्यमा वाणिज्य बैंकहरुको २८.०७ प्रतिशतले कर्जामा वृद्धि भएको हो ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म २९ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत आवको अन्त्यसम्म आइपुग्दा कर्जा प्रवाह ८ खर्ब १५ अर्ब ४४ करोड रुपैयाँले थप भएर ३७ खर्ब २० करोड ७५ लाख रुपैयाँ पुगेको नेपाल बैंकर्स संघद्वारा प्राप्त तथ्यांकले देखाएको छ ।

यसैगरी एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन भने २०.३८ प्रतिशतले वृद्धि भएको छ । २७ वाणिज्य बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ३४ खर्ब ८९ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन गत आवको सोही अवधिमा आइपुग्दा ७ खर्ब ११ अर्ब ४१ करोड रुपैयाँले थप भएर ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

संघद्वारा प्राप्त तथ्यांकअनुसार १ वर्षको अवधिमा वाणिज्य बैंकहरुले विस्तार गरेको व्यवसायको वृद्धिलाई प्रतिशतको आधारमा हेर्दा सिटिजन्स बैंकले निक्षेपमा र कर्जा प्रवाहतर्फ सिभिल बैंकले छलाङ्ग मारेको छ ।

अघिल्लो आवको तुलनामा सिटिजन्स बैंकले निक्षेप संकलनमा ५५.१० प्रतिशतले र सिभिल बैंकले कर्जा प्रवाहमा ५४.२६ प्रतिशतको वृद्धि गत आवको अन्तयमा गरेको हो ।

यस्तै, निक्षेप संकलनमा दोस्रोमा सिभिल बैंकले ५०.२२ प्रतिशत र एनआइसी एशिया बैंकले ५२.४३ प्रतिशतले वृद्धि गरेको छ । तेस्रो नम्बरमा भने निक्षेपको वृद्धि एनआइसी एशियाको ४२.४१ प्रतिशत र सिटिजन्स बैंकको कर्जामा वृद्धि ५२.४३ प्रतिशत रहेको छ ।

एक वर्षको अवधिमा सबै वाणिज्य बैंकहरुको न्यूनतम ७.७१ प्रतिशतदेखि ५४.२६ प्रतिशतसम्म कर्जामा वृद्धि छ भने, २५ वटा बैंकको मात्र निक्षेप संकलनमा ३.७९ प्रतिशतदेखि ५५.१० प्रतिशतसम्मको वृद्धि छ ।

अघिल्लो आवको तुलनामा गत आवमा नेपाल एसबिआइ बैंकको २.९५ प्रतिशतले र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३.७९ प्रतिशतले निक्षेप संकलन घटेको छ ।

कुन बैंकको व्यवसायको वृद्धिदर कस्तो ?

सिटिजन्स बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म ५५.१० प्रतिशतले वृद्धि गरी १ खर्ब ४३ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा ५२.१७ प्रतिशतले थप गरी १ खर्ब २३ अर्ब ६४ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

सिभिल बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म ५०.२२ प्रतिशतले वृद्धि गरी ९० अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा ५४.२६ प्रतिशतले थप गरी ८३ अर्ब ४ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

एनआइसी एशिया बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म ४२.४१ प्रतिशतले वृद्धि गरी ३ खर्ब २५ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा ५२.४३ प्रतिशतले थप गरी २ खर्ब ६४ अर्ब ८४ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

एनसीसी बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म ३९.१४ प्रतिशतले वृद्धि गरी १ खर्ब १० अर्ब ७७ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा ४४.०७ प्रतिशतले थप गरी ९९ अर्ब ९१ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

सेन्चुरी बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म ३७.८६ प्रतिशतले वृद्धि गरी ९७ अर्ब रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा ३३.१९ प्रतिशतले थप गरी ८१ अर्ब ३९ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

सिद्धार्थ बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म २६.९० प्रतिशतले वृद्धि गरी १ खर्ब ८५ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा २९.९६ प्रतिशतले थप गरी १ खर्ब ६५ अर्ब ६८ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

कुमारी बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म २६.५३ प्रतिशतले वृद्धि गरी १ खर्ब ५७ अर्ब १८ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा २४.८७ प्रतिशतले थप गरी १ खर्ब ४३ अर्ब ७७ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

माछापुच्छ्रे बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म २५.६९ प्रतिशतले वृद्धि गरी १ खर्ब ३४ अर्ब १६ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा २३ प्रतिशतले थप गरी १ खर्ब १६ अर्ब २७ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

ग्लोबल आइएमई बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म २५.०२ प्रतिशतले वृद्धि गरी २ खर्ब ८३ अर्ब ३४ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा २१.२६ प्रतिशतले थप गरी २ खर्ब ४२ अर्ब ५० करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

प्रभु बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म २४.३३ प्रतिशतले वृद्धि गरी १ खर्ब ६९ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा ३७.९८ प्रतिशतले थप गरी १ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

एनएमबि बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म २३.४७ प्रतिशतले वृद्धि गरी १ खर्ब ६६ अर्ब ४५ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा २९.७९ प्रतिशतले थप गरी १ खर्ब ५८ अर्ब ४ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

प्राइम बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म २३.०७ प्रतिशतले वृद्धि गरी १ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा २४.३८ प्रतिशतले थप गरी १ खर्ब ४२ अर्ब ९८ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

नेपाल बंगलादेश बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म २२.१२ प्रतिशतले वृद्धि गरी ८९ अर्ब ३८ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा १५.९७ प्रतिशतले थप गरी ७१ अर्ब १७ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

सानिमा बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म १८.८८ प्रतिशतले वृद्धि गरी १ खर्ब ३० अर्ब ८८ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा ३१.५१ प्रतिशतले थप गरी १ खर्ब २२ अर्ब ६९ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

नबिल बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म १८.१२ प्रतिशतले वृद्धि गरी २ खर्ब २८ अर्ब १ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा ३४.४० प्रतिशतले थप गरी २ खर्ब ५ अर्ब ६५ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

लक्ष्मी बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म ११.८१ प्रतिशतले वृद्धि गरी १ खर्ब १३ अर्ब ४२ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा १९.५३ प्रतिशतले थप गरी १ खर्ब ८ अर्ब ६५ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

सनराइज बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म ८.९७ प्रतिशतले वृद्धि गरी १ खर्ब ३ अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा २३.३१ प्रतिशतले थप गरी १ खर्ब ३ अर्ब ३७ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

नेपाल बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म १४.३९ प्रतिशतले वृद्धि गरी १ खर्ब ६३ अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा ३४.४५ प्रतिशतले थप गरी १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म १३.३६ प्रतिशतले वृद्धि गरी २ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा २७.६६ प्रतिशतले थप गरी १ खर्ब ९९ अर्ब ७६ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

हिमालयन बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म १३.२६ प्रतिशतले वृद्धि गरी १ खर्ब ४९ अर्ब ३६ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा २३.१४ प्रतिशतले थप गरी १ खर्ब ३२ अर्ब ८६ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

कृषि विकास बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म १३.२६ प्रतिशतले वृद्धि गरी १ खर्ब ६२ अर्ब ९६ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा २२.८३ प्रतिशतले थप गरी १ खर्ब ५१ अर्ब ५४ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

बैंक अफ काठमाण्डूः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म ११.८६ प्रतिशतले वृद्धि गरी १ खर्ब ४ अर्ब ३४ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा २०.५१ प्रतिशतले थप गरी ९८ अर्ब ९० करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

एभरेष्ट बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म ११.१४ प्रतिशतले वृद्धि गरी १ खर्ब ६० अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा १३.६८ प्रतिशतले थप गरी १ खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

मेगा बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म १०.१५ प्रतिशतले वृद्धि गरी १ खर्ब ४५ अर्ब २८ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा २३.८८ प्रतिशतले थप गरी १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म ४.४२ प्रतिशतले वृद्धि गरी १ खर्ब ७६ अर्ब ५ करोड रुपैयाँ पुर्याएको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा १५.६४ प्रतिशतले थप गरी १ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म २.९५ प्रतिशतले घटेर ९६ अर्ब १९ करोड रुपैयाँमा सिमित भएको छ । तर कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा २५.२६ प्रतिशतले थप गरी ७२ अर्ब ५ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

नेपाल एसबिआइ बैंकः बैंकले अघिल्लो आर्थिक वर्षमा संकलन गरेको निक्षेपमा गत आवको असार मसान्तसम्म ३.७९ प्रतिशतले घटेर १ खर्ब ६ अर्ब २२ करोड रुपैयाँमा सिमित भएको छ । तर कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा ७.७१ प्रतिशतले थप गरी १ खर्ब १ अर्ब ५८ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।


पुष्प दुलाल