काठमाडौंमा जग्गाको मूल्य ३ वर्षमा १० प्रतिशतले बढ्यो



काठमाडौं । सरकारले राजधानीका विभिन्न स्थानको जग्गाको मूल्य ३ वर्षपछि बढाएको छ । आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्ममा महंगा जग्गाको मूल्याङ्कन बढेको थिएन । चालु आर्थिक वर्षमा भने सरकारले राजधानीका विभिन्न ठाउँको जग्गाको नयाँ भाउ निर्धारण गरेको हो ।

डिल्लीबजार मालपोत कार्यालयका अनुसार यी क्षेत्रका जग्गाको मूल्यमा १० प्रतिशतले वृद्धि गरिएको छ । जस अनुसार ठाउँ अनुसार प्रतिआना जग्गाको मूल्य ९ लाखदेखि ६६ लाख रुपैयाँसम्म कायम गरिएको छ ।

चालु आर्थिक वर्षमा डिल्लिबजार मालपोत कार्यालय भित्र रहेको क्षेत्रको जग्गाको मूल्याङ्कन १० प्रतिशतले बढाइएको हो । करिब ३ वर्षदेखि एउटै मूल्याङ्कन रहेको जग्गाको मूल्य विभिन्न स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समित र मालपोत कार्यालयहरूको प्रमुखहरूको छलफलपश्चात तीन वर्षपछि जग्गाको सरकारी मूल्याङ्कन बढाएको डिल्लिबजार मालपोतक कार्यालयका प्रमुख टुनाबहादुर क्षेत्रले बताए ।

उनका अनुसार विगतको वर्षहरूमा न्यून आर्थिक वृद्धिदर र कोभिड–१९ का कारण मूल्य बढाउन सकेको थिएन । तर, यो वर्ष स्थानीय तहहरूले पनि सरकारी मूल्याङ्कन बढाउनुपर्ने माग गर्दै आएकाले यो वर्ष बढाएको बताए ।

‘विगतको वर्षहरूमा देशलाई आर्थिक चलायमान गर्न अप्ठ्यारो अवस्थामा थियो,’ उनले भने, ‘स्थानीय तहहरूले मुआब्जाको बेलामा व्यवहारिक भएन भन्दै आएका थिए । त्यसैले १० प्रतिशत पनि बढाउनै पर्छ भनेपछि मूल्य बढाएको हो ।’

डिल्लिबजार मालपोत कार्यालयबाट काठमाडौं महानगरपािलकाका २५ वटा वडा कार्यालय र गंगबुको साविक क्षेत्रहरू गरी ३० वटा स्थानहरूमा सेवा प्रवाह दिँदै आएका छन् । त्यसैले सो क्षेत्रभित्र पर्ने सबै जग्गाहरूमा सरकारी मूल्याङ्कन बढाएको उनको भनाइ छ ।

कार्यालयले देशको सबैभन्दा बढी महंगा ठाउँ भनेर चिनिने दरबारमार्ग, न्यूरोड सिंहदरबार, जमल, न्यूरोड, माइतीघर, असान, त्रिपुरेश्वरलगायतका स्थानहरूमा १० प्रतिशतले मूल्य बढाएर प्रतिआना ६६ लाख रुपैयाँ तोकेको छ । उक्त क्षेत्रहरूमा यस अघि प्रतिआना ६० लाख रुपैयाँ सरकारी मूल्याङ्कन गरेको थियो । तर, तीन वर्ष पछि सोही स्थानहरूमा अत्याधिक मात्राले जग्गाको मूल्य बढेको हुनाले सोही अनुसार सरकारले मूल्याङ्न गरेको कार्यालयले जनाएको छ ।

त्यसैगरी महाबौद्ध, चिंक अटदेखि इन्द्रचोकलगायत त्यस वरीपरीका जग्गको मूल्य ४४ लाख रुपैयाँ मूल्याङ्कन गरेको छ ।

कुन ठाउँको मूल्यांकन कति ?


क्लिकमान्डु