कोरोनाबीच ४८ हजार बढी घरजग्गा किनबेच, साढे ६ अर्ब राजश्व संकलन



काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस महामारीले देशभरको घरजग्गा कारोबारमा ठप्प भए पनि निषेधाज्ञा खुकुलोसँगै घरजग्गा किनबेच उल्लेखनीय भएको छ । सरकारले गत वैशाख १६ गतेबाट निषेधाज्ञालागू गरेसँगै देशभरको घरजग्गा कारोबार ठप्प भएको थियो ।

तर, सरकारले संक्रमणको दर घट्दै गएको भन्दै गत असार ८ गतेबाट खुकुलो बनाएको थियो । साहीअनुसार देशभरका मालपोत कार्यालयले सेवा प्रवा दिन थालेको हो ।

कोरोना भाइरस महामारीको जोखिम रहेको भन्दै देशभरका मालपोत कार्यालयले वडा अनुसार आलोपालोमा सेवा प्रवाह गर्दै आएको थियो । जसमा आलोपालोमा पनि उल्लेखनीय सेवा प्रवाह भएको विभागले जनाएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार आर्थिक वर्षको २०७७/७८ को अन्तिम महिना अर्थात् असार महिनामा देशभरको मालपोत कार्यालयबाट ४८ हजार बढी घरजग्गा किनबेच भएको छ । कोभिडकै समय भएकाले आलोपालोमा सेवा प्रवाह गर्दै आएको मालपोत कार्यालयले असार महिनामा १ लाख १९ हजार १ सय ४६ सेवा प्रवाह गर्दा ४८ हजार ८ सय १० घरजग्गाको किनबेच भएको छ ।

विभागको तथ्याङ्क अनुसार कोभिडकै समयमा २ हजार १२ वटा घरजग्गाको नामसारी, २४ सय ९१ को संशोधन, १५ सय ७४ को हाल साविक सेवा प्रवाह गरेको छ । त्यस्तै, देशभरका १ सय २६ वटा नै मालपोत कार्यालयबाट ३५ हजार ३ सय ३७ घरजग्गाको रोक्का हुदा १८ हजार ३७ वटा घरजग्गा फुकुवा भएको छ ।

त्यसैगरी, असार मात्रै ३० वटा अपार्टमेन्टको लिखत पारित भएको छ । विभागका अनुसार असार मसान्तसम्ममा २) वटाजग्गा दर्ता, १ हजार ३२ दाखिल खारेज, ६२ वटा मोहीयानी हक नामसारी, १ सय ५७ जग्गा बाँडफाँट र २ सय ४० गैर घरजग्गा सम्बन्धित लिखत पारित गरेको छ ।
विभागको तथ्याङ्क अनुसार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीमा सबैभन्दा बढी घरजग्गा किनबेच भएको छ । जममा उक्त मालपोत कार्यालयले असार मात्रै २६ सय ६२ वटा घरजग्गा किनबेच गरेको छ ।

असार मसान्तसम्ममा बेलावारी मोरङले २२ सय ७२, जनकपुरधाम धनुषाले २ हजार ५२ र बाँकेले १९ सय ४६ वटा घरजग्गा किनबेच गरेको छ ।

उपत्यकामा असारमा सबैभन्दा बढी भक्तपुर कार्यालयबाट १९ सय ११ वटा घरजग्गाको किनबेच भएको छ । त्यस्तैm लगनखेलबाट १८ सय ४८, कलंकीबाट १४ सय ९१, साँखुबाट ८ सय ८७, चावहिलबाट ८ सय ७८ घरजग्गाको किनबेच भएको छ ।

साढे ६ अर्ब राजश्व संकलन
कोभिडको समयमा आलोपालो रुपमा सेवा प्रवाह दिँदै आएको मालपोत कार्यालयले करिब २० दिनको अवधिमै साढे ६ अर्ब बढी राजश्व संकलन गरेको छ । विभागका अनुसार असार महिनामा विभिन्न सेवा प्रवाहबाट ६ अर्ब ७१ करोड १८ लाख ५३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

विभागका अनुसार देशभरको मालपोत कार्यालयबाट सेवा करवापत ३१ करोड १८ लाख ९० हजार, बागमतिवापत २१ करोड ८० लाख ८१ हजार, रजिष्ट्रेशन दस्तुरबाट ३ अर्ब ८७ करोड ७० लाख ५५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यस्तै, छुटबाट ५२ करोड ७० लाख ३९ हजार, पूँँजीगत लाभकरबाट १ अर्ब ७० करोड ४ लाख ७४ हजार रुपैयाँ, नगर पूर्वाधार विकास कोष शुल्कबाट २ करोड ६६ लाख ९४ हजार र मुख्यमन्त्री स्वछताअभियान कोष शुल्कबाट ४ करोड ९३ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

असारमा असारमा सबैभन्दा बढी राजश्व डिल्लिबजार मालपोत कार्यालयबाट उठेको छ । उक्त कार्यालयबाट ७३ करोड ५९ लाख ४४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । त्यस्तैल लगनखेलबाट ७३ करोड ४४ लाख ३१ हजार रुपैयाँ, चावहिलाबाट ३८ करोड ८५ लाख ५१ हजार रुपैयाँ, भक्तपुरबाट ३७ करोड ७६ लाख ४३ हजार रुपैयाँ र कलंकीबाट ३५ करोड ६४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।


क्लिकमान्डु