कामना सेवा विकास बैंकको नाफा करिब ६ गुणाले बढ्यो, लाभांश क्षमता १६%



काठमाडौं । कामना सेवा विकास बैंकले ४ सय ८४.९० प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ५८ करोड रुपैयाँ बढी खुद नाफा थप गरेको हो ।

अघिल्लो आव असार मसान्तसम्म बैंकले ११ करोड ९७ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा बैंकले ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

बैंकले गत आवको वित्तीय विवरण प्रकाशित गर्दै सो अवधिमा ४३ करोड ४५ लाख २१ हजार रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको उल्लेख गरेको छ । गतवर्षको नाफाबाट मात्र कामना विकास बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने क्षमता देखिएको छ । यद्यपी पूर्ण रुपमा लेखापरिक्षण हुँदा नियामकबाट स्वीकृति पाउने समयमा यो रकम फरक पर्न सक्छ ।

यसैगरी, बैंकले गत आवको असार मसान्तसम्म ४४ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब ४९ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

जुन अघिल्लो आवको तुलनामा २९.९२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

अघिल्लो वर्षको असार मसान्तमा बैंकको निक्षेप ३१ अर्ब ९० करोड थियो भने कर्जा २५ अर्ब ९२ करोड रहेको थियो ।

साथै, सो अवधिमा बैंकअघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफा ६०.२८ प्रतिशतले वृद्धि गरी १ अर्ब ७० करोड रुपैयाँ पुर्याएको छ ।
यस्तै, गत आवको असार मसान्तसम्म बैंकले खराब कर्जा अनुपात ०.२९ प्रतिशत बिन्दुले घटाएर १.५० प्रतिशतमा कायम गरेको छ ।

सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४० पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४८ रुपैयाँ ६१ पैसा, पुँजी कोष अनुपात १३.७८ प्रतिशत र कोष लागत अनुपात ६.३१ प्रतिशत रहेको छ । साथै, गत आवको असार मसान्तसम्म बैंकको आधारदर ८.३८ प्रतिशत र स्प्रेडदर ४.२० प्रतिशत छ ।


क्लिकमान्डु