बाग्मतीमा मोटरसाइकल तथा स्कुटरको कति कर तिर्नुपर्छ ?



काठमाडौं । बाग्मती प्रदेशले ‘आर्थिक ऐन २०७८’ मार्फत् सवारीसाधनको वार्षिक कर बढाएको छ । प्रदेश सरकारले आर्थिक ऐनमार्फत् मोटरसाइकल तथा स्कुटरको कर बढाएको छ ।

प्रदेश सरकारले मोटरसाइकल तथा स्कुटरको कर २ हजार रुपैयाँसम्मले बढाएको छ । चालु आवमा प्रदेशले १२५ सीसीसम्म ३ हजार, १२५ सीसीभन्दा माथि १५० सीसीसम्म ५ हजार रुपैयाँ, १५० सीसीभन्दा माथि २२५ सीसीसम्म ६ हजार ५ सय रुपैयाँ वार्षिक कर निर्धाणरण गरेको छ ।

साथै २२५ सीसीभन्दा माथि ४ हजार सीसीसम्म ११ हजार रुपैयाँ, ४ हजार सीसीभन्दा माथि ६५० सीसीसम्म २० हजार रुपैयाँ र ६५० सीसीभन्दा माथि ३० हजार रुपैयाँ वार्षिक कर प्रदेश सरकारले निर्धारण गरेको छ ।

गत वर्ष प्रदेशले १२५ सीसीसम्म २८ सय रुपैयाँ, १२६ सीसीदेखि १६० सीसीसम्म ४ हजार ५ सय रुपैयाँ, १६१ सीसीदेखि २५० सीसीसम्म ५ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ ।

साथै २५१ सीसीदेखि ४०० सीसीसम्म ९ हजार रुपैयाँ, ४०१ सीसीदेखि ६५० सीसीसम्म २० हजार रुपैयाँ र ६५१ सीसीदेखि माथि ३० हजार रुपैयाँ कर प्रदेश सरकारले निर्धारण गरिएको थियो ।


क्लिकमान्डु