नबिल बैंकले वार्षिक ८% ब्याजदर भएको ३ अर्बको ऋणपत्र ल्याउँदै



काठमाडौं । नबिल बैंकले वार्षिक ८ प्रतिशत ब्याजदर भएको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित भएको ऋणपत्र सार्वजनिक गर्न लागेको हो ।

बैंकले ३ अर्ब रुपैयाँ ऋणपत्रमध्ये १८ लख कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ८० करोड रुपैयाँ ऋणपुँजी रकम व्यक्तिगत तवरबाट र बाँकी रहेको १२ लाख कित्ता ऋणपत्रले हुन आउने १ अर्ब २० करोड ऋणपुँजीमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको र बाँकी रहेको ऋणपत्रमा सर्वसाधारणले लगानी गर्न पाउनेछन् ।

बैंकका अनुसार ऋणपत्र साउन १० गते निष्कासन हुनेछ भने छिटोमा साउन १३ गते बैंकिङ समयपछि र ढिलोमा साउन २४ गते बैंकिङ समयपछि बन्द हुनेछ ।

७ वर्षे अवधिको यो ऋणपत्र वार्षिक ८ प्रतिशत ब्याजदर पाइनेछ । जसको नाम ‘८ प्रतिशत नबिल डिबेञ्चर २०८५’ नाम दिइएको छ ।


क्लिकमान्डु