१६ लाख डोज खोपसहित चिनियाँ राजदूत यान्छीले भेटिन् प्रधानमन्त्री देउवालाई



काठमाडौं । चीन सरकारले नेपाललाई कोरोना विरुद्धका थप १६ लाख डोज खोप उपहारका रुपमा दिने भएको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्दै राजदूत हाेउ यान्छीले १६ लाख डोज खोप उपहार दिने बताएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि पनि चीन सरकारले ८ लाख र १० लाख गरी १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ । साथै नेपाल सरकारले ४० लाख डोज खोप चीनबाट खरिद गरेर ल्याएको थियो ।


क्लिकमान्डु