अर्थतन्त्रबारे बुझ्दैछु, चाँडै आफ्नो भिजन सार्वजनिक गर्छु- अर्थमन्त्री शर्मा



काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रबारे आफू विस्तृतमा बुझ्नेक्रममा रहेको र मुलुकको आर्थिक दिशा तथा बजेट कार्यान्वयन सम्बन्धी नीति चाँडै सार्वजनिक गर्ने बताएका छन् ।

‘अहिले बुझ्नेक्रममै छु । अध्ययनपछि चाँडै आफ्नो भिजन सार्वजनिक गर्नेछु,’ अर्थमन्त्री शर्माले भने ।

उनले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि केपी शर्मा ओलीले ल्याएको बजेट कार्यान्वयनका सम्बन्धमा संसदबाट टुंगो लगाउने बताए । शर्माले नयाँ बजेट ल्याउनेबारे स्पष्ट रुपमा नबोलेपनि संसदबाट त्यसको टुुगो लाग्ने बताए ।

नयाँ सरकारले आफुले संसदमा विश्वासको मत पाएको खण्डमा बजेट पनि नयाँ ल्याउने र विस्वासको मत नपाएमा अघिल्लो सरकारले ल्याएको बजेटलाई नै निरन्तरता दिने देखिएको छ ।


क्लिकमान्डु