आर्थिक श्वेतपत्र ल्याउँछौं, बजेट अध्यादेश संसदमा पेश हुन्छः अर्थमन्त्री शर्मा



काठमाडौं । शेरबहादुर देउवाको नवगठित सरकारले अर्थतन्त्रको वास्तविक जानकारी दिनका लागि श्वेत्र पत्र ल्याउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थतन्त्रको वास्तविक जानकारी दिने उद्देश्यले श्वेत पत्र ल्याउने घोषणा गरे ।

साढे तीन वर्षअघि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले पनि आफू अर्थमन्त्री बने लगत्तै श्वेत्रपत्र ल्याएको थिए । उनले श्वेत पत्रमा उल्लेख गरेका वित्तीय सूचकहरुबारे चर्को आलोचना समेत भएको थियो ।

केपी ओली पदमुक्त भइ फेरि देउवाको नेतृत्वमा सरकार गठन भए लगत्तै अर्थमन्त्री शर्माले श्वेतपत्र ल्याउने घोषणा गरेका हुन् ।

उनले अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संसदमा पेश गर्ने पनि बताए । उनले अध्ययनपछि मात्रै आफ्नो भिजन सार्वजनिक गर्ने समेत बताए ।


क्लिकमान्डु