नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा १.०५ प्रतिशतले बढ्यो



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले १.०५ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ९६ लाख ४० हजार रुपैयाँ थप गरेको हो ।

कम्पनीले गत आवको चैत मसान्तसम्म जीवन तथा निर्जीवनतर्फ गरी ९१ करोड ६१ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले यस्तो नाफा ९२ करोड ५७ लाख ९५ हजार रुपैयाँ पुर्याएको छ ।

कम्पनीले चालु आवको त्रेस्रो त्रैमासमा जीवन व्यवसायबाट १० करोड १० लाख ३० हजार रुपैयाँ र निर्जीवन बीमा व्यवसायबाट ८२ करोड २४ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कम्पनीको जीवन व्यवसायको खुद नाफा १०ं.९२ प्रतिशतले बढ्दा निर्जीवन व्यवसाय भने ०.०३ प्रतिशतले घटेको छ ।

यसैगरी, चालु आवको चैत मसान्तसम्म कम्पनीले जिवन व्यवसायमा ६९ करोड ९५ लाख रुपैयाँ निर्जीवन बीमा व्यवसायमा ५ अर्ब २२ करोड ६१ लाख रुपैयाँ गरी ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १९.९३ प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्म कम्पनीले जिवन व्यवसायमा ३१ करोड २२ लाख रुपैयाँ निर्जीवन बीमा व्यवसायमा ४ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ गरी ४ अर्ब ९४ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

सो अवधिमा कम्पनीको पुनरबीमा कमिशन भने ६७.७१ प्रतिशतले घटेको छ । कम्पनीले चालु आवको चैत मसान्तसम्म निर्जीवन व्यवसायबाट १ करोड ८७ लाख १५ लाख रुपैयाँ पुनरबीमा कमिशन आम्दानी गरेको छ । गत आवको सोही अवधिमा यस्तो व्यवसाय आम्दानी कम्पनीले ५ करोड ७९ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस्तै, कम्पनीले सो अवधिमा निर्जीवन व्यवसायतर्फ १ अर्ब ७० करोड रुपैयाँ र जीवन बीमा व्यवसायतर्फ २८ करोड ५ लाख रुपैयाँ गरी १ अर्ब ९८ करोड रुपैयाँको दावी भुक्तानी गरेको छ ।

कम्पनीको हाल चुक्ता पुँजी १० अर्ब रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ३ करोड ५३ लाख रुपैयाँ मौज्दात रहेको छ ।

चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा, प्रति सेयर आम्दानी ६८ रुपैयाँ ७० पैसा, प्रतिसेयर नेटवर्क १ सय ५४ रुपैयाँ र प्रतिसेयर कुल सम्पती मुल्य २ सय ७३ रुपैयाँ ९९ पैसा रहेको छ ।


क्लिकमान्डु