प्रि-ओपनिङमा बढीमा २% मूल्य परिवर्तन र मूल्यान्तर १० पैसा आइतबारदेखि कार्यान्वयन हुने
काठमाडौं । साउन ३ गते (आइतबार)देखि प्रि-ओपनिङ सेसनमा अधिकतम २ प्रतिशतको सीमा मार्जिन राख्न पाइने भएको छ ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७८ को दोस्रो संशोधन गर्दै सो व्यवस्था गरेको हो ।
यसअघिसम्म प्रि–ओपनिङमा अघिल्लो दिनको मूल्यमा ५ प्रतिशतको मार्जिङ राखेर सेयर खरिद बिक्री गर्न पाइने व्यवस्था थियो । जसलाई घटाएर बोर्डले २ प्रतिशतको सीमा बोर्डले तोकेको हो ।
साथै, बोर्डले दोस्रो बजारमा हुने कारोबारको न्यूनतम मूल्य मार्जिङलाई समेत घटाएको छ । बोर्डले हाल १ रुपैयाँ मार्जिङ राखेर सेयर मूल्य परिवर्तन गरी खरिद बिक्री गर्न सकिने व्यवस्थालाई १० पैसा वा १० पैसाले ले भाग जाने मूल्य कार्यान्वयनमा ल्याएको हो ।