सानिमा लाइफ इन्स्योरेन्स र मानुसी लघुवित्तले पाए आइपीओ निष्कासनका लागि अनुमति



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र मानुसी लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासनका लागि अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले दुबै कम्पनीलाई असार ३१ गते आइपीओ निष्कासनका लागि अनुमति दिएको हो ।

सानिमा लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता सेयर आइपीओ जारी गर्दैछ भने मनुसी लघुवित्त वित्तीय संस्थाले ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ जारी गर्न लागेको हो ।

सानिमा इन्स्योरेन्स कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ भने मानुसी लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मचेन्ट बैकिंङ कम्पनी रहेको छ ।


क्लिकमान्डु