लक्ष्मी बैंकले १३.४४ मेगावाटको माउण्ट रसुवा हाइड्रोपावर बनाउन कर्जा दिने



काठमाडौं । लक्ष्मी बैंकले माउण्ट रसुवा हाइड्रोपावर बनाउन कर्जा दिने भएको छ ।

माउण्ट रसुवा हाइड्रोपावर प्रालि गण्डकी प्रदेशको लमजुङ्ग जिल्लाको कव्होलासोथार र मस्र्याङदी गाँउपालिकाहरुमा अवस्थित मिदिम खोलामा निर्माण हुने छ । १३.४२४ मेगावाटको आयोजना बनाउन लक्ष्मी बैंकले कर्जा दिने निर्णय गरेको हो ।

उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया २ अर्ब ९३ करोड ८२ लाख रहेकोछ ।

माउण्ट रसुवा हाइड्रोपावर प्रालि र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७५ साल माघ ७ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७७ साल कार्तिक ३ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ ।

माउण्ट रसुवा हाइड्रोपावर प्रालिलाई रसुवा कन्स्ट्रकशन प्रालि लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन् । जसको अध्यक्ष राजेन्द्रराज आचार्य रहेका छन् ।

बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र वाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी रहनेछ ।

उत्पादन क्षमता १३.४२४ मेगावाट रहेको माउण्ट रसुवा हाइड्रोपावरले झण्डै ८३.१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना जुलाई २०, २०२३ मा संचालनमा आउनेछ ।


क्लिकमान्डु