आर्थिक वर्षको अन्तिम दिन ११.३३ अंकले नेप्से परिसूचक बढ्यो, ८ अर्ब १४ करोडको कारोबार



काठमाडौं । आर्थिक वर्षको अन्तिम दिन नेप्से परिसूचक ११.३३ अंकले बढेको छ ।

अघिल्लो दिनको तुलनामा चालु आर्थिक वर्षको अन्तिम दिन कारोबार रकम भने बढेको छ । ११.३३ बिन्दुले नेप्से परिसूचक बढेर आर्थिक वर्षको अन्तिम दिन २८८३.३८ बिन्दुमा नेप्से परिसूचक पुगेको छ ।

बिहीबार बैंकिङ,ट्रेडिङ,जलविद्युत्,फाइनान्स र निर्जीवन बीमा,माइक्रोफाइनान्स र म्युचुअल फण्ड समूह बढेको ।

चालु आर्थिक वर्षको अन्तिम दिन बिहीबार भएको हुँदा आउने आर्थिक वर्षको पहिलो कारबार भने साउन ३ मा हुने छ ।

आर्थिक वर्षको अन्तिम दिन सबैभन्दा बढी कमाउने लगानीकर्तामा रसुवागढी जलविद्युत् आयोजनाका लगानीकर्ता रहेका छन् । मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सबैभन्दा बढी गोर्खा फाइनान्सको ३६ करोड रुपैयाँको कारोबार भएको छ ।

बिहीबारदेखि सकिएको चालु आर्थिक वर्षमा नेप्सेमा भने रेकर्ड ने रेकर्ड बनेको छ । कारोबार नै साढे १९ अर्बसम्म भयो भने सेयर बजारमा कारोबार गर्ने लगानीकर्ता समेत थपिए ।

यद्यपी धितोपत्र बोर्डले ५१ वटा कम्पनीको बारेमा सेयरमा चलखेल भएको विज्ञप्ती जारी गरेसँगै कारोबार रकम भने घट्न थाल्यो । निषेधाज्ञा खुकुलो हुनु तथा असार मसान्त,नयाँ सरकार आउने कुरा तथा मौद्रिक नीतिको कारणले कारोबार रकम भने पछिल्लो समय घट्न थालेको छ ।


क्लिकमान्डु