बीमा शुल्क आर्जनमा एभरेष्ट इन्सोरेन्स अर्बपति क्लबमा
काठमाडौं । बीमा शुल्क आर्जनमा एभरेष्ट इन्स्योरेन्स अर्बपति क्लबमा प्रवेश गरेको छ ।
एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
एभरेष्ट इन्स्योरेन्सका डेपुटी सीइओ पवन थापाले चालु आर्थिक वर्ष सकिन १ दिन अगाडि नै १ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन भएको जानकारी दिए ।
कुनै समय निर्जीवन बीमा कम्पनीमा एक नम्बरमा रहेको एभरेष्ट बीचमा पछाडि परेको थियो ।
एभरेष्ट इन्स्योरेन्समा पछिल्लो ४ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा कमल गौतम रहेका छन् ।
गौतमको नेतृत्वमा एभरेष्टले पुरानो ब्राण्डलाई फर्काउने प्रयास गरिरहेको छ । गौतमको ४ वर्षको लागि कार्यकाल पछिल्लो समय थपिएको छ ।