नयाँ सरकारसँगै नेप्से १६.३४ अंकले बढ्यो, कारोबार रकम भने खुम्चियो
काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनासँग सोमबार घटेको नेप्से परिसूचक मंगलबार भने बढेको छ । मंगलबार नेप्से परिसूचक १६.३४ अंकले बढेर २८७१.०४ विन्दुमा पुगेको छ ।
यो दिन १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँमा कारोबार भएको छ । यो दिन १६३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । त्यसैगरी १४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन सवइन्डेक्सतर्फ जीवन बीमाबाहेक सबैको बढेको छ । यो दिन फाइनान्सतर्फको उपसमूहमा सबैभन्दा बढी वृद्धिदर देखिएको छ ।
यो दिन सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी फाइनान्स लगायतका छन् । त्यसैगरी सानिमा लार्ज क्याप फण्ड, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, इन्फिनिटी लघुवित्त, ग्लोवल आइएमई समुन्नत स्किमको सेयर मूल्य घटेको छ ।