प्रि-ओपनिङमा १५.७६ अंकले बढ्यो नेप्से, ३७ कम्पनीको सेयर मूल्य बढ्यो



hareकाठमाडौं । सोमबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १५.७६ अंकले बढेर २९१५.५८ अंकमा पुगेको छ ।

प्रि-ओपनिङमा ५१ वटा कम्पनीको कारोबार भएको छ । जसमा ३७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य घट्दा ७ वटै कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा समृद्धि फाइनान्स, सिभिल लघुवित्त, ओरियन्टल होटल्स लिमिटेड, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, मल्टिप्रपोज फाइनान्सलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।

त्यसैगरी सिनर्जी पावर, राधी विद्युत् कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, वरुण हाइड्रोपावर, निर्धान उत्थान लघुवित्त, छिमेक लघुवित्त र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य घटेको छ ।


क्लिकमान्डु