युनियन लाइफ इन्स्योरेन्सको आइपिओमा तेस्रो दिन ४.५६ गुणाले ओभर सब्सक्राइब
काठमाडौं । असार २४ गतेबाट निष्काशन भएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा तेस्रो दिन ४.५६ गुणाले ओभर सब्सक्राइब भएको छ ।
कुल ६४ लाख ५० हजार कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर निष्काशन गरिएकोमा निष्काशनको तेस्रो दिन अपरान्ह ५ः२० बजेसम्म १८ लाख ३५ हजार ६ सय ५६ जना सर्वसाधारण लगानीकर्ताबाट २ अर्ब ९४ करोड ६३ लाख ४९ हजार रकम बराबरको २ करोड ९४ लाख ६३ हजार ४ सय ९० कित्ता शेयरको लागि आवेदन परेको छ ।
आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ ।
यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपिओमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।